PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

प्रजातन्त्र दिवसमा भीमफेदी कारागारका १० जना कैदीबन्दीलाई आममाफी



पहिलोपोस्ट

प्रजातन्त्र दिवसमा भीमफेदी कारागारका १० जना कैदीबन्दीलाई आममाफी

हेटौँडाः प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भीमफेदी कारागारका १० जना कैदीलाई माफी दिएकी छन्। हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीलाई आममाफी दिने गरिएको छ। जसमा यो वर्ष भीमफेदीबाट १० जनाले माफी पाएका हुन्।

जसमा ३ जना कर्तव्य ज्यान, ४ जना सवारी ज्यान, २ जना चोरी डकैती तथा १ जना ज्यान मार्ने उद्योगका कैदीको बाँकी सजाय माफ गरिएको भीमफेदी कारागारका निमित्त जेलर केदार सापकोटाले जानकारी दिए।

सरकारले कैद माफीका लागि मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३० जनाको नाम सिफारिस गरेको थियो। गत माघ १७ गते नै कारागार कार्यालयले असल आचारण प्रस्तुत गर्ने ३० जना कैदीको नाम सिफारिस गरिएको भीमफेदी कारागारका निमित्त प्रमुख सापकोटाले जानकारी दिए। भीमफेदी कारागारमा ९७० कैदीबन्दी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell