PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल अब लिटरकै करिब डेढ सय



पहिलोपोस्ट

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल अब लिटरकै करिब डेढ सय

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ पुनः बढाएको छ।

निगमले शनिबार रातिदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। साविकको भाउमा पेट्रोलमा ५.६१, डिजेलमा ५.६२ रुपैयाँ मूल्य बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो।  

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १४५ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ १२८ रुपैयाँ कायम हुनेछ। 

समायोजित मूल्य अनुसार पनि निगमको पाक्षिक घाटा अझै दुई अर्ब १५ करोड रहेको निगमले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell