PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

सुजलको त्यो गोल जसले लिग च्याम्पियन मछिन्द्रलाई विजयी बनायो

सुजलको त्यो गोल जसले लिग च्याम्पियन मछिन्द्रलाई विजयी बनायो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार सम्पन्न दोस्रो खेलमा मछिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लिग च्याम्पियन भइसकेको मछिन्द्रले थ्री स्टारमाथि १-० गोलअन्तरले जित निकालेको हो।

मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरे। उनले इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै गोल गरेका हुन्।

यसअघिकै खेलबाट च्याम्पियन बन्ने निश्चित भइसकेको मछिन्द्रले आजको खेलमा जित निकालेसँगै १२ खेलबाट ३२ अंक जोडेको छ। अर्कोतर्फ पराजय ब्यहोरेको थ्री स्टारले दोस्रो स्थानमा उक्लने अवसरबाट चुकेको छ।

थ्री स्टार १८ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने दोस्रो स्थानको मनाङ मर्स्याङदी क्लबको २० अंक र तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १९ अंक छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell