PahiloPost

May 15, 2024 | २ जेठ २०८१

म्यानचेस्टर सिटी घरेलु मैदानमा टोटेनहमसँग पराजित



पहिलोपोस्ट

म्यानचेस्टर सिटी घरेलु मैदानमा टोटेनहमसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी टोटेनहम हट्सपरसँग पराजित भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा लिग लिडर सिटी टोटेनहमसँग ३-२ गोलअन्तरले पराजित भएको हो।

खेलको चौथो मिनेटमै सन ह्युङ मिनको पासमा डेजन कुलुसेभ्सीको गोल गर्दा टोटेनहमले अग्रता बनाएको थियो। यता सिटीका लागि इल्के गुण्डोगनले ३३ औं मिनेटमा गोल गर्दा पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा ह्यारी केनले खेलमा अग्रता बनाए। सनकै पासमा ५९ औं मिनेटमा उनले गोल गरेका थिए। यसपटक इन्ज्युरी समयमा पुगेर सिटीले फेरि पुनरागमन गर्‍यो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै इन्ज्युरी समयको दोस्रो मिनेटमा रियाद महरेजले गोल गरे। तर, लगत्तै फेरि ह्यारी केनले गोल थप्दा टोटेनहमले सिटीमाथि नाटकीय जित निकाल्न सफल भयो।

पराजयका बावजुत सिटी २६ खेलबाट ६३ अंक जोडेर शीर्षस्थानमा कायम छ। दोस्रो स्थानको लिभरपुल सिटीभन्दा ६ अंकले पछाडि छ। यता जित सँगै टोटेनहम ३९ अंक जोडेर अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell