PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

पुनरागमन गर्दै लिभरपुलले नर्विच सिटीलाई हरायो



पहिलोपोस्ट

पुनरागमन गर्दै लिभरपुलले नर्विच सिटीलाई हरायो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले नर्विच सिटीलाई हराएको छ। घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले नर्विच सिटीमाथि ३-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा नर्विच सिटीले अग्रता बनाएको थियो। खेलमा पहिलो गोल नर्विचका मिलिओट रशिकाले गरे खेलको ४८ औं मिनेटमा गरे। तर ६४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेट नबित्दै मोहम्मद सलाहले गोल थप्दै लिभरपुललाई अग्रता दिलाए। र, ८१ औं मिनेटमा लुइस डियाजले जोर्डन हेन्डरसनको पासमा गोल गर्दा लिभरपुलले ३-१ गोलअन्तरको सहज जित निकालेको हो।

जितसँगै लिभरपुल २५ खेलबाट २७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। गएरातिको खेलमा टोटेनहमसँग पराजित भएको म्यानचेस्टर सिटी २६ खेलबाट ६३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। नर्विच सिटी भने  २५ खेलबाट १७ अंक जोड्दै तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell