PahiloPost

Jun 24, 2026 | १० असार २०८३

न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध भएकाले कैदी छुटाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गर्ने  मन्दु समातिए



पहिलोपोस्ट

न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध भएकाले कैदी छुटाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गर्ने  मन्दु समातिए

काठमाडौंः ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध भएकाले कारागारमा रहेका कैदीलाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले सुनसरी इटहरी बस्ने मन्दु भन्ने जस बहादुर लिम्बुलाई नियन्त्रणमा लिएको हो। कर्तव्य ज्यान मुद्दामा तेह्रथुमको कारागारमा रहेका तारा कार्की पुरीका श्रीमान् सुरेन्द्र पुरी र देवर बालकृष्ण पुरीलाई छुटाइदिने भन्दै ३३ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए।

ठगीमा संलग्न अर्का अभियुक्त इटहरी बस्ने भरत चौधरीलाई भने प्रहरीले खोजी गरिरहेको छ। घटनाको थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell