PahiloPost

Oct 17, 2025 | १ कात्तिक २०८२

भक्तपुरमा टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु, टिपर चालक भने प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

भक्तपुरमा टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु, टिपर चालक भने प्रहरी नियन्त्रणमा

काठमाडौंः भक्तपुरमा टिपरले ठक्कर दिँदा आठ वर्षीया बालिकाको मृत्यु भएको छ।

काभ्रे महाभारत गाउँपालिका वडा नम्बर २ घर भएकी आठ वर्षीय बालिका विनीता मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शनिबार राति भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडाल रानीबारी स्थितमा सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नम्बर को टिपरले बालिकालाई ठक्कर दिएको थियो। ख्वप अस्पताल च्यामासिंह लगी प्राथमिक उपचारपछि मध्यपुर अस्पताल ठिमी लगिएको थियो।

गम्भीर घाइते बालिकाको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। टिपरका चालक भक्तपुर नगरपालिका वडा नम्बर ८ बस्ने जेला बस्ने २७ वर्षीय राजेश कुस्मा र टिपरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell