PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

रसियाले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धका लागि योजना बनाइरहेको छ : बेलायती प्रधानमन्त्री जोनसन



पहिलोपोस्ट

 रसियाले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धका लागि योजना बनाइरहेको छ : बेलायती प्रधानमन्त्री जोनसन
Photo : REUTERS

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रसियाले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धका लागि योजना बनाइरहेको दाबी गरेका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले प्रमाणहरुले रसियाको योजना सुरु भइसकेको समेत बताए।

‘रसियाले युक्रेनको राजधानी किभलाई लक्षित गर्दै आक्रमण गर्ने योजना बनाइरहेको देखिएको छ’ उनले भने।

युक्रेनसँग जोडिएको सीमामा रसियाले सेनाको तैनाथी गरे पछि अमेरिका, बेलायत लगायतका राष्ट्रले रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्ने सक्ने चेतावनी दिँदै आएको छ। तर, रसियाले भने उक्त दाबीको खण्डन गरेको छ। साथै, सीमाबाट समेत रसियाले सेना हटाएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रवार मात्रै रसियाली राष्ट्रपति भ्‍लादमिर पटिनले युक्रनेमाथि आक्रमण गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका थिए।

बोरिसले अमेरिकी राष्ट्रपति बाइडेनले पश्चिमा राष्ट्रका नेताहरुलाई रसियाले डोनबासबाट मात्र नभइ बेलारुस र किभको आसपासका क्षेत्रबाट समेत आक्रमण गर्ने योजना बनाइरहेको सुरक्षा संयन्त्रको रिपोर्टलाई आधार बनाएर भनेको बताए।

‘मलाई भन्न डर लागिरहेको छ तर उक्त योजना सन् १९४५ पछि युरोपमै सबैभन्दा ठूलो युद्धको तयारी हो’ बोरिसले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell