PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको छ : एस जयशंकर



पहिलोपोस्ट

चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको छ : एस जयशंकर
Photo : Joshua Roberts/Reuters

भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको बताएका छन्। म्यूनिख सुरक्षा सम्मेलनका क्रममा उनले अहिले भारत र चीनबिच समस्या रहेको स्वीकार्दै दुई देशबिचको समस्या बारे बोलेका हुन्।

भने, ‘भारत र चीनबिच सन् १९७५ देखि ४५ वर्षसम्म सीमा क्षेत्र शान्त रह्यो तर अहिले परिस्थिति फेरिएको छ। चीनले सीमा सम्झौता मानिरहेको छैन। सीमामा कस्तो स्थिति हुन्छ त्यही अनुसार दुई देशबिचको सम्बन्ध कसरी अघि बढ्छ भनेर तय हुन्छ।’

सन् २०२० जुन १५ मा गलवानमा दुई देशका सैनिकबिच भिडन्त भएपछि भारत र चीन बिच पूर्वी लद्दाखमा गतिरोध सुरु भएको थियो। उक्त झडपमा दुवै देशका सैनिकको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell