
काठमाडौं : कामको सिलसिलामा दिनहुँ नेपाली युवायुवतीहरु विदेश गइरहेका छन्। तीनै परदेशिएका युवाको पिर र व्यथा समेटिएको 'बिरानो देश' बोलको गीत सार्वजनिक भएको छ।
ड्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन्। त्यसैगरि गीतमा गायक विश्व नेपालीको स्वर सुन्न सकिन्छ।
राजेश पूमा राईको निर्देशन रहेको भिडियोमा सनम कठायत र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा परदेशिएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको मनोभाव समेत समेटिएको छ।
उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।