PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमसीसी टेवल गर्ने सहमति हुँदैगर्दा प्रचण्डको त्यो प्रस्ताव जसलाई देउवाले गरे ठाडै इन्कार



पहिलोपोस्ट

एमसीसी टेवल गर्ने सहमति हुँदैगर्दा प्रचण्डको त्यो प्रस्ताव जसलाई देउवाले गरे ठाडै इन्कार

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरु बिच अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवल गर्न सहमत भए पनि त्यसपछिको प्रक्रियामा भने विवाद देखिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीलाई संसदीय समितिमा छलफल गर्न प्रस्ताव गरेका थिए।

तर, प्रधानमन्त्री देउवाले भने प्रचण्डको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्।

'यदि तपाईँ टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन अध्यक्ष कमरेडले आग्रह गर्नु भयो। तर, प्रधानमन्त्रीज्यू भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहिरहनु भयो,' प्रचण्डको सचिवालयले भनेको छ। प्रचण्डले संसद अवरुद्ध भइरहेका अवस्थामा सभामुख अग्‍निप्रसाद सापकोटलाई एमसीसी मात्रै अघि बढाउन दवाव दिनु अनुपयुक्त भएको भन्दै विरोध गरेका थिए।

'लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेवल नभएको अवस्थामा सभामुखलाई एमसीसीमात्र टेवल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो,' सचिवालयले भनेको छ। प्रतिनिधि सभाको बैठक आजै १ बजे बस्‍ने तय भएको छ। गठबन्धनका नेताहरुले अब संसदमै एमसीसीबारे आफ्नो धारणा प्रष्टपार्ने बताइरहेका छन्।

अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्‌मा टेवल गर्न सत्तारुढ गठबन्धनबिच आजै सहमति भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सकिएको बैठकमा सहमति भएको हो। यही सहमतिको औपचारिक निर्णयभन्दा बैठकले अरु विषयमा प्रवेश गरेन जसका कारण बैठक छिटै सकिएको थियो।

आज बस्ने प्रतिनिधिसभामा एमसीसी टेवल गर्ने सरकारका प्रवक्त, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले बताए। एमसीसीको विषयमा अब सडकबाट नभएर संसदबाट नै त्यसको उत्तर खोजी गर्ने समेत उनले बताएका थिए। बालुवाटारमा यसखाले सहमति भइसक्दा बानेश्वरमा भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भातृ संगठनका नेता कार्यकर्ता एमसीसीको विरोधमा उत्रिसकेका थिए। नेताहरुले सहमति गरिरहँदा कार्यकर्ता भने आगो बालेर एमसीसी टेबुल हुनै नहुने भन्दै आन्दोलित देखिन्थे। त्यही सन्दर्भमा प्रचण्डको सचिवालयले बैठकभित्र भएका विषयलाई बाहिर ल्याएको हो।

यता मन्त्री कार्कीले भने केपी शर्मा ‌ओली नेतृत्वको सरकारले थालेको प्रकृयालाई आफूहरुले निरन्तरता दिएको टिप्पणी गरेका थिए। अघिल्लो सरकारको अभिछिन्न उत्तराधिकारीका रुपमा संसदमा एमसीसी टेवल गर्न लागिएको उनको भनाई थियो। एमसीसीको विषयमा बाँकी जवाफ र उत्तर नेकपा एमालेसँग खोज्न समेत उनले आग्रह गरेका थिए। 

एमसीसी प्रयोजन संसदमा दर्ता गराएको अर्को विगतको सरकार केपी शर्मा ओलीको नेतृत्वको सरकारले यसलाई संसदमा  दर्ता गराएको हो। 'सरकार अभिछिन्न उत्तराअधिकारीको रुपमा हामीले यसलाई आज टेबुल गराउँछौं। र यसपछि अहिले प्रमुख प्रतिपक्ष दल एमाले जतिखेर सरकारमा हुनुहुन्थ्ययो। त्यसको जवाफ तपाइहरुलाई दिनुपर्छ। उहाँहरुसँग तपाइहरुले सोध्नुहोला,' मन्त्री कार्कीले भने।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell