PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

पंजाबमा विधानसभा निर्वाचन : फेरि बन्ला त चन्नी सरकार ?



पहिलोपोस्ट

पंजाबमा विधानसभा निर्वाचन : फेरि बन्ला त चन्नी सरकार ?
Photo L TOI

भारतको पंजाब विधानसभाको ११७ सिटका लागि आज निर्वाचन भइरहेको छ। ११७ सिटका लागि १ हजार ३०४ जना उम्मेदवार चुनावी मैदानमा छन्। २ करोड १४ लाख मतदाताले आज मतदान गर्ने बताइएको छ।

भारतीय राष्ट्रिय कांग्रेसले वर्तमान मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई फेरि मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ। भारतीय जनता पार्टी र कांग्रेस छाडेर नयाँ दल खोलेका पूर्व मुख्यमन्त्री अम्रिन्दर सिंहको पंजाब लोक कांग्रेसबिच यो निर्वाचनमा गठबन्धन भएको छ। यस्तै, सिरोमनी अकाली दल र बहुजन समाजवादी पार्टी पनि गठबन्धन बनाएर चुनावी मैदानमा छ। आद आद्मी पार्टीले भगवन्त मनलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ।

आजै भारतको उत्तर प्रदेशमा पनि तेस्रो चरणको विधान सभा निर्वाचन भइरहेको छ। १९ जिल्लामा ५९ सिटका लागि उत्तर प्रदेशमा मतदान भइरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell