PahiloPost

Jul 3, 2024 | २० असार २०८१

माधव नेपाल बालुवाटारमा सहमति गर्ने, उनका कार्यकर्ता चाहिँ बानेश्वरमा आगो बाल्ने?

माधव नेपाल बालुवाटारमा सहमति गर्ने, उनका कार्यकर्ता चाहिँ बानेश्वरमा आगो बाल्ने?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभामा मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ पेश गर्न सहमति गरिरहँदा पार्टीका कार्यकर्ता भने बानेश्वरमा भेला भइसकेका थिए। यसअघि बैठकमा एमसीसीलाई लिएर मतभेद भए पनि आजको बैठकले एमसीसी सदनमा पेश गर्ने र बाँकी छलफल पनि संसदमै गर्ने निर्णय गरिएको छ। बैठक लगत्तै सडकमा नभइ सदनमा बहस हुने सरकारका प्रवक्ताले बताइरहँदा नेकपा एकीकृत समाजवादीका कार्यकर्ता भने बानेश्वरमा हवन गरिरहेका थिए - एमसीसी विरुद्धमा। 

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले शनिवार नै प्रतिनिधिसभामा एमसीसी पेश गर्न दिने निर्णय गरेको थियो। निर्णय पनि तीन नेताले फरक हिसाबले सार्वजनिक गरेपछि नेपाल नेतृत्वको पार्टीभित्रै असन्तुष्टिका तह फरक देखिएको थियो। दलले एमसीसी पेश गर्ने निर्णय गरे पनि एकीकृत समाजवादीको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भने एमसीसीको विरुद्ध प्रदर्शन जारी राखेको छ।

आज बानेश्वरस्थित संसद भवन बाहिर अनेरास्ववियूले एमसीसीको विरोधमा ‘होम’ गरेका हुन्। उक्त विरोध कार्यक्रममा बोल्दे अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले एमसीसी राष्ट्र हित विपरीत भएको भन्दै आफ्ना नेताहरुलाई पनि त्यो अनुमोदन नगराउन आफूहरुले सचेत गराउने बताएका थिए। उनीहरुले आयोजना गरेको विरोध कार्यक्रमको नाम नै 'एमसीसी स्वाह' राखेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell