काठमाडौं : अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको 'प्रेम सम्बन्ध'बारे अहिले निकै चर्चा छ। उनीहरुको सम्बन्धबारे विभिन्न गसिप समेत भइरहेका छन्। यसअघि पनि नाम जोडेर विभिन्न कुराहरु आए पनि उनीहरुले आफूहरुबिच प्रेम सम्बन्ध नभएको स्पष्टीकरण दिएका थिए। त्यसपछि उक्त विषय सेलाएको थियो।
त्यसबेला समीक्षाले स्टाट्स लेख्दै पलसँग आफ्नो कुनै सम्बन्ध नरहेको र पललाई अभिभावक मान्ने बताएकी थिइन्। तर, गत माघ ६ गते समीक्षाले फेसबुकमा लेखेको एउटा स्टाटसले पनि हल्ला मच्चियो। उनले 'अब यथार्थ खुल्ने समय आएको' भन्दै गरेको पोस्ट पल लक्षित भएको टिप्पणी भएको थियो। अनि सेलाएको विषय फेरि ब्युँतियो।
उनीहरुको सम्बन्धबारे फेरि मिडियामा गसिप आउन थाले। समीक्षाले पलसँगको प्रेमसम्बन्धबारे खुलासा नगरेपनि पल विरुद्ध उजुरी दिन लागेको भन्ने चर्चा चल्यो। साथै केही पत्रकारहरु पोखरा गएर समीक्षालाई सम्झाएको र कुरा मिलेको भन्ने समेत खबर बाहिरिएको थियो।
अभिनेता पल शाह यतिखेर 'म यस्तो गीत गाउँछु २' प्रचारप्रसारमा व्यस्त छन्। केही समय मिडियाबाट टाढा रहेका पल यतिखेर फिल्मको प्रचार गर्न मिडियामा पुग्ने गरेका छन्। जहाँ पललाई समीक्षासँगको प्रेमसम्बन्धबारे प्रश्न सोधिन्छ तर उनी आफूहरुबिच कुनै प्रेमसम्बन्ध नरहेको भनि बताउँछन्।
लामो समयपछि समीक्षा पनि मिडियामा देखिइन्। तर, पलसँगको प्रेम सम्बन्धबारे सोध्दा उनले भनिन् 'नो कमेन्ट'। उनीहरुलाई लिएर धेरै गसिप बनिरहँदा पल र समीक्षा एकसाथ देखिएका छन्। दुबैले आफूहरु मिल्ने साथी मात्रै भएको र आफूबिच बलियो मित्रता रहेको स्पष्टीकरण दिएका छन्। मिडियामा आएको गुनासोहरु सबै झुटो भएको उनीहरुको तर्क थियो। आफूहरुविरुद्ध कुनै गिरोह नै लागेको उनीहरुको आरोप छ।