PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

फेरि रणभूमिमा बदलियो बानेश्वर, एमसीसी दर्ता गर्न सत्तारुढ दल तयार, कार्यकर्ता भने पैठेजोरीमै

फेरि रणभूमिमा बदलियो बानेश्वर, एमसीसी दर्ता गर्न सत्तारुढ दल तयार, कार्यकर्ता भने पैठेजोरीमै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु हुने समयमै संसद भवन नजिकै बानेश्वर तनावग्रस्त बनेको छ। सत्तारुढ गठबन्धनको बैठकले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभामा पेश गर्ने सहमति गरेअनुसार आज संसदमा यसको प्रकृया अगाडि बढ्दैछ।

एमसीसीको विरोधमा रहेका साना वामपन्थी राजनीतिक दलहरु बिहानैदेखि बानेश्वरमा भेला भएका थिए। त्यहाँ सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता समेत विरोधमा उत्रिएका थिए। संसद बैठक १ बजेका लागि डाकिएको छ।

बैठक बस्ने समय नजिकिएसँगै एमसीसीको विरोधमा प्रदर्शन थप उग्र बन्दै गयो। त्यसपछि प्रहरीले वाटर क्याननबाट पानीको फोहरा छोड्यो। साथै प्रहरी र प्रदर्शनमा उत्रिएकाबिच घम्साघम्सी चलिरहेको छ। हेर्नुस् अशान्त बानेश्वरको दृश्य :


 



ट्रेन्डिङ पोस्ट

Ncell