PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

एमसीसी सदनमा टेवल : सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदको विरोध, अर्थमन्त्रीको बहिस्कार



पहिलोपोस्ट

एमसीसी सदनमा टेवल : सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदको विरोध, अर्थमन्त्रीको बहिस्कार

काठमाडौं : सत्तारुढ दलकै सांसदको विरोधका बिच अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्टलाई सरकारले सदनमा टेवल गराएको छ। 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव प्रस्तुत गर्नुपर्ने हालका अर्थमन्त्री डाक्टर जनार्दन शर्माले बहिस्कार गरेपछि प्रस्तावलाई सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेवल गराएका हुन्। 

कार्की एमसीए कम्प्याक्टमा नेपालका तर्फबाट हस्ताक्षरकर्ता हुन्। 

कार्कीले प्रतिनिधिसभाको बैठकमा प्रस्ताव टेवल गर्दैगर्दा सत्तारुढ दलका सांसदहरुसमेत उठेर नारावाजी गरेका थिए। प्रतिनिधिसभामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले विरोधमा नारावाजी गरेका थिए।

निरन्तर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको नेकपा एमालेले सदन अवरोध गरिरहँदा एमालेकै सांसद भीम रावल भने यथास्थानमा उभिएर बैठकमा एमसीसीको विरोध गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell