PahiloPost

Jun 24, 2026 | १० असार २०८३

देशलाई ट्र्यापमा पार्न केही नेताले एमसीसी अघि बढाए : झलनाथ खनाल



पहिलोपोस्ट

देशलाई ट्र्यापमा पार्न केही नेताले एमसीसी अघि बढाए : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले देशलाई ट्र्यापमा पार्न मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवल गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनले केही नेताले देशको शिर निहुरिने काम गरेको आक्षेप लगाए। खनालको पार्टी एकीकृत समाजवादीले पनि एमसीसी अघि बढाउन सत्ता गठबन्धनको बैठकमा सहमति जनाएको थियो। तर, खनालले भने त्यसको विरोधमा बोलेका हुन्।  

'शिर निहुरिने काम गरे केही नेताहरुले। जुन ढंगले ल्याइयो गलत नजिर बसालिँदैछ। नेपाललाई ट्र्यापमा पारिँदैछ। अब अरु देशले पनि कुनै सम्झौता गर्नुपर्‍यो भने नेपाल बाध्य हुन्छ,' उनले भने।

खनालले संविधान मिचेर एमसीसी ल्याउन लागिएको बताए। उनले आफू नेतृत्वको कार्यदलले दिएको सुझावलाई पनि सरकारले वेवास्ता गरेको गुनासो गरे।

'संविधानको धारा २७९ ले संघीय ऐन बनाएर मात्रै यस्ता खालका सम्झौता ल्याउनुपर्छ भनेको छ। अहिले संघीय ऐन बनेको छैन। संविधानलाई मिचेर जुन ल्याइयो यो संविधान विरोधी काम हो। प्रमुख प्रतिपक्षले संसदमा नारा लगाइरहेको छ। गम्भीर महत्वको विषय अवरोधको बेलामा आउँदैन,' खनालले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell