PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवल हुँदैगर्दा बानेश्वरको अवस्था तनावग्रस्त, प्रहरी - प्रदर्शनकारी भिडन्त जारी

प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवल हुँदैगर्दा बानेश्वरको अवस्था तनावग्रस्त, प्रहरी - प्रदर्शनकारी भिडन्त जारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभाको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेवल हुँदैगर्दा बानेश्वरमा विरोध प्रदर्शन चर्किएको छ। एमसीसीको विरोधमा राजनीतिक दलका नेता तथा कार्यकर्तासहित विभिन्न समूले प्रदर्शन चर्काएपछि संसद् भवन नजिकै बानेश्वर तनावग्रस्त बनेको छ।

सत्तारुढ गठबन्धनको बैठकले एमसीसी प्रतिनिधिसभामा पेश गर्ने सहमति गरेअनुसार आज संसद्मा यसको प्रकृया अगाडि बढेको छ।

एमसीसीको विरोधमा रहेका साना वामपन्थी राजनीतिक दलहरु बिहानैदेखि बानेश्वरमा भेला भएका थिए। त्यहाँ सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता समेत विरोधमा उत्रिएका थिए।

संसद्मा बैठक जारी रहँदा एमसीसीको विरोधमा प्रदर्शन थप उग्र बन्दै गएको थियो। त्यसपछि प्रहरीले वाटर क्याननबाट पानीको फोहरा छोड्यो। साथै प्रहरी र प्रदर्शनमा उत्रिएकाबिच घम्साघम्सी चलिरहेको छ। सो क्रममा प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन्। हेर्नुस् अशान्त बानेश्वरको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell