पोखरा : पोखराका केही स्थानमा भारी असिना परेको छ। अत्याधिक मात्रामा असिना बर्सिएपछि सडक नै सेताम्मे भएको छ। असिनाका कारण पोखरामा ह्वात्तै चिसो बढेको छ भने मानिसको जनजीवन प्रभावित भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू-भागका केही स्थानमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।