PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

तनावग्रस्त बानेश्वर : अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चासहित प्रदर्शनकारी घाइते



पहिलोपोस्ट

तनावग्रस्त बानेश्वर : अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चासहित प्रदर्शनकारी घाइते
एभरेस्ट अस्पतालमा उपचारका क्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह।

काठमाडौं :  बानेश्वरमा एमसीसीको विरोधमा गरिरहेका प्रदर्शनकारी र प्रहरीको झडपमा परी नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित दर्जनबढी प्रदर्शनकारी घाइते भएका छन्। 

घाइते हुनेमा अध्यक्ष सिंहसहित अखिल क्रान्तिकारीका केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायतका नेता कार्यकर्ता रहेका छन्। 

घाइतेहरुको बानेश्वर स्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै झडपमा परी केही प्रहरीसमेत घाइते भएका छन्। उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रनितिनिधिसभामा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको एमसीए कम्प्याक्ट टेवल भएपछि त्यसको विरोधमा सत्तारुढ दलकै कार्यकर्ताहरुले प्रदर्शन गरिरहेको छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell