PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसीविरुद्ध प्रदर्शन : बिजुलीबजारमा प्रहरीले चलायो 'रबर बुलेट'

एमसीसीविरुद्ध प्रदर्शन : बिजुलीबजारमा प्रहरीले चलायो 'रबर बुलेट'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले रबरको गोली प्रहार गरेको छ। बिजुलीबजारमा प्रदर्शनरत् आन्दोलनकारीमाथि प्रहरीले चार राउन्ड गोली प्रहार गरेको हो।

बिजुलीबजार पुलमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए। त्यो रोक्ने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो। प्रदर्शनकारी र प्रहरीको ढुंगामुढामा केही गाडीहरु फुटेका छन्।

प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell