PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

विवाद र विरोधको बिच सरकारले एमसीसी टेबल गर्‍यो, प्रहरी दमनको विरोध... : अध्यक्ष  दाहाल



पहिलोपोस्ट

विवाद र विरोधको बिच सरकारले एमसीसी टेबल गर्‍यो, प्रहरी दमनको विरोध... : अध्यक्ष  दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा दर्ता भएको अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को विपक्षमा उभिने बताएका छन्।

आज प्रतिनिधिसभामा विवाद र बिरोधका बिच सरकारले एमसीसी टेबल गरेको दावी गरेका छन्। आज बिहानमात्र अध्यक्ष दाहाल लगायतको सत्तारुढ दलले संसदमा टेवल गर्ने सहमति गरेको थियो।

अध्यक्ष दाहालले भनेका छन्, 'विवाद र विरोधका बिच सरकारले एमसीसी टेवल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।'

साथै उनले आज बानेश्वरमा भएको 'प्रहरी दमन'को विरोध पनि गरेका छन्। 'विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्छु,' प्रचण्डले ट्विटमार्फत् भनेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell