PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

जिल्ला न्यायाधीशको परीक्षामा तीन जना मात्र उत्तीर्ण, समावेशी समूहमा शून्य



पहिलोपोस्ट

जिल्ला न्यायाधीशको परीक्षामा तीन जना मात्र उत्तीर्ण, समावेशी समूहमा शून्य

काठमाडौँः जिल्ला न्यायाधीशको पदपूर्तिको परीक्षामा तीन जनामात्र उत्तीर्ण भएका छन्। १८ जनाको मागका लागि १९६ जना परीक्षामा सहभागी भएका थिएन। जसमध्ये तीन उम्मेद्वार अन्तर्वार्ताका लागि छनोट भएका हुन्। 

करिब तीन महिनासम्म लिखित परीक्षाका नतिजा रोकिएको थियो। प्रधानन्यायाधीश प्रकरणका कारण रोकिएको नतिजा आइतबार कामय मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षताको न्याय सेवा आयोगले प्रकाशित गरेको हो। 

आयोगका अनुसार लिखित परीक्षामा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी उत्तीर्ण भएका छन्। 

उनीहरुको अन्तर्वार्ता फागुन २९ गते तोकिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell