PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

दिनभर रणभूमि जस्तै बन्यो बानेश्वरः ११५ वटा टियर ग्यास र ३० राउन्ट रवर बुलेट खर्चियो प्रहरीले, १६ प्रहरी प्रर्दशनकारीको निशानामा

दिनभर रणभूमि जस्तै बन्यो बानेश्वरः ११५ वटा टियर ग्यास र ३० राउन्ट रवर बुलेट खर्चियो प्रहरीले, १६ प्रहरी प्रर्दशनकारीको निशानामा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंँ: प्रतिनिधि सभाको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल हुँदै गर्दा बानेश्वर क्षेत्रमा आइतबार दिनभर विरोध प्रदर्शन चर्किरह्यो। एमसीसीको विरोधमा राजनीतिक दलका नेता तथा कार्यकर्तासहित विभिन्न समूहले प्रदर्शन चर्काएपछि संसद् भवन नजिकै नयाँ बानेश्वर तनावग्रस्त बनेको थियो।

प्रर्दशनकारी र सुरक्षाकर्मीबीच झडपका दृष्य छिनछिनमै दोहोरिए। प्रहरीले भेट्दा प्रदर्शनकारी र  प्रदर्शनकारीको निशानामा पर्दा प्रहरी प्रताडीत भइरहे। दिनभर बानेश्वर क्षेत्रमा आगो बलिरहेको थियो। दिनभर भएको झडपमा दर्जनभन्दा बढी प्रर्दशनकारी घाइते भएका थिए। त्यस्तै प्रहरी तर्फ १६ जना घाइते भए। झडपमा केही प्रहरीको दाँत समेत भाँचिन पुगेको थियो।

प्रर्दशनमा उत्रिएका केही प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। दिनभरमा ५३ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।

'दुबैतर्फ झडपमा सामान्य घाइते भएको अवस्था छ। केही तोडफोड समेत भएको छ,' एसपी सिंहले भने।

दिउँसो ३ बजेपछि झनै बानेश्वर क्षेत्र तनावग्रस्थ हुनपुग्यो। बिजुलीबजारमा प्रदर्शनरत् आन्दोलनकारीमाथि प्रहरीले केही राउन्ड रबरको गोली प्रहार गरेको थियो। पड्किएका र नपड्किएका गरेर ३० वटा रवरको गोली खर्च भएको प्रहरीले जनाएको छ।

प्रहरीले भीड नियन्त्रणमा लिन वाटर क्यानबाट पानीको फोहोरा मात्र होइन अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो। दिनभरमा ११५ वटा अश्रु ग्यास प्रहार भएको एसपी राठौरले जानकारी दिए। प्रर्दशनकारीको निशानामा पर्दा महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको सिआरभी भ्यानमा समेत क्षति हुन पुगेको छ। २७ वटा प्रोटेक्टिभ सिलमा क्षति भएको छ।

प्रहरी र प्रर्दशनकारीको झडपमा सडकका छेउमा रहेका केही पसलमा समेत क्षति पुगेको छ। त्यस्तै दिनभर नयाँ बानेश्वरको सडक भएर हिँड्ने सार्वजनिक तथा निजी सवारी समेत प्रभावित हुन पुगे। 



ट्रेन्डिङ पोस्ट

Ncell