PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका -३ हुलाकी राजमार्गमा सुप प्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टीकापुर नगरपालिका ६ का ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell