PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बार्सिलोनाको जितमा औबुमेयाङको ह्याट्रिक



पहिलोपोस्ट

बार्सिलोनाको जितमा औबुमेयाङको ह्याट्रिक
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि जित निकालेको छ। मेस्टल्ला स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो।

बार्सिलोनाको जितमा यही फेब्रुअरीमा प्रिमियल लिग क्लब आर्सनलबाट बार्सिलोना पियरे एम्रिक औबुमेयाङले ह्याट्रिक पुरा गरे। खेलको २३ औं मिनेट औं जोर्डी अल्बाको पासमा औबुमेयाङले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल ३२ औं मिनेटमा ओस्मान डेम्बेलेको पासमा फ्रेन्की डी जोङले गरे। त्यस्तै ३८ औं मिनेटमा औबमेयाङले नै अर्को गोल थप्दा पहिलो हाफमै बार्सिलोना तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा भ्यालेन्सियाले गोल फर्कायो। कार्लोस सोलरले ५२ औं मिनेटमा गोल गर्दै भ्यालिन्सियाको खाता खोले पनि थप गोल गर्न घरेलु टोलीले सकेन। उता बार्सिलोनाका औबुमेयाङले ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका १९ वर्षे पेड्रीले २५ यार्ड टाढाबाट गरेको कडा प्रहार औबुमेयाङका ढाडमा लाग्दै गोल भएको थियो।

जितसँगै बार्सिलोना २४ खेलमा ४२ अंक जोड्दै तालिकाको शीर्ष चारमा प्रवेश गरेको छ। शीर्ष तीनमा रहेका रियल मड्रिड, रियल बेटिस, सेभिया र रियल बेटिसको क्रमश ५७, ५० र ४६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell