PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बेलायतकी महारानीलाई कोभिड १९ पोजेटिभ



पहिलोपोस्ट

बेलायतकी महारानीलाई कोभिड १९ पोजेटिभ

बेलायतकी महारानी एलिजवेथलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ। बकिङहम दरबारले महारानीको टेस्ट पोजेटिभ देखिएको जनाएको हो।
उनलाई मध्यमखाले संक्रमण देखिएको छ जसले गर्दा हलुका कामकाज यथावत रहने जनाइएको छ।

'उहाँमाथि लगातार चिकित्सकीय निगरानी जारी छ आवश्यक मापदण्ड पालन गरिएको छ,' दरबारले जारी गरेको वक्तव्यमा भनिएको छ। 

फेब्रुअरी १० मा उनका जेठा छोरा र वेल्सका राजकुमार मा कोभिड १९ संक्रमण पुष्टि भएको थियो। त्यसको दुई दिन अघि उनीहरुले महारानीलाई भेटेका थिए। महारानीको निवास्थान विन्डसर कास्टलमा धेरैलाई कोभिड १९ पोजेटिभ देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell