काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा पार्टी छाडेर जानेहरु फेरि माओवादीमा नै फर्कने लहर चलेको बताएका छन्।
आज नेपाली कांग्रेस र नेकपा एमाले त्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले भने,‘देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ’ उनले भने।
दाहालले मधेश प्रदेशमा मधेशी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो दाबी गरे। मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो ।