PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

दादासाहेब फाल्के फिल्म फेस्टिभलमा 'पुष्पा' उत्कृष्ट फिल्म घोषित



पहिलोपोस्ट

दादासाहेब फाल्के फिल्म फेस्टिभलमा 'पुष्पा' उत्कृष्ट फिल्म घोषित

दक्षिण भारतीय फिल्म 'पुष्पा- द राइज' 'दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल २०२२' मा वर्षकै उत्कृष्ट फिल्म घोषित भएको छ। आइतवार मुम्बईमा आयोजित समारोहमा अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित 'पुष्पा' ले यस वर्षकै उत्कृष्ट फिल्मको अवार्ड जितेको हो।

त्यसैगरि रणवीर सिंहले भारतीय क्रिकेटर कपिलदेवको बायोपिकमा बनेको फिल्म '८३' बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे। फिल्म 'मिमी' बाट कृति सेनन उत्कृष्ट अभिनेत्री घोषित भइन। सिद्धार्थ मल्होत्रा अभिनित 'शेरशाह' ले उत्कृष्ट फिल्म विधातर्फको उपाधि ‍जित्यो।

त्यसैगरि, 'क्यान्डी' ले उत्कृष्ट वेबसिरिजको उपाधि जित्यो। वेब सिरिजतर्फ सर्वश्रेष्ठ अभिनेता मनोज बाजपेयी घोषित हुँदा अभिनेत्री रवीना टण्डन उत्कृष्ट अभिनेत्री घोषित भइन्।

क्रिटिक्स उत्कृष्ट अभिनेताको अवार्ड सिद्धार्थ मल्होत्राले पाउँदा कियारा आडवाणीले बेस्ट क्रिटिक्स अभिनेत्रीको अवार्ड हात पारिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell