PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

परिवारसँगै ३४ दिन 'बेपत्ता' ग्रिनलाइनका संचालक अमित अग्रवाल अन्तत: पक्राउ



पहिलोपोस्ट

परिवारसँगै ३४ दिन 'बेपत्ता' ग्रिनलाइनका संचालक अमित अग्रवाल अन्तत: पक्राउ

काठमाडौं : काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अमित अग्रवाल पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो। केही दिनअघि अग्रवाललाई बैकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। अदालतबाट बैकिङ् कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो।

पुस २२ गते अमित सहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए। आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्क विहीन भएको भन्दै अमितकी बहिन रजनी अग्रवालले पुस २३ गते उजुरी दिएकी थिइन्।

माघ २७ गते अमित काठमाडौं आइपुगेका थिए। परिवारमा विरामी भएकाले एक महिनासम्म सम्पर्कमा नभएको भन्दै आफ्नो बचाउ गरेका थिए। अग्रवालल परिवार विभिन्न बैंक र व्यक्तिसँग मिटर ब्याजमा एक अर्ब भन्दा बढी लोन लिएको देखिएको छ। ३४ दिन परिवारसँगै बेपत्ता भएका उनको परिवार पछि सम्पर्कमा आएको थियो। व्यवसाय धराशयी भएको तथा मिटर ब्याजका कारण बेपत्ता हुनुपरेको नोट घरमा छाडेर सिंगै परिवार गायव भएको थियो। 

काठमाडौंमा सम्पर्कमा आएपछि भने मिटर ब्याजको विषयलाई उनले लुकाएका छन्। मिटर ब्याज दिनेहरु पहुँचवाला भएको र उनीहरुको नाम सार्वजनिक गर्दा थप अप्ठेरोमा पर्ने देखेपछि अग्रवाल परिवारले नोटमा लेखेको विषयलाई गुपचुप बनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell