PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अनमोल अभिनित फिल्म 'हनी बनी' असोज १४ मा रिलिज हुने



पहिलोपोस्ट

अनमोल अभिनित फिल्म 'हनी बनी' असोज १४ मा रिलिज हुने

काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहने फिल्म 'हनी बनी' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म २०७९ साल असोज १४ गते रिलिज हुने पक्का भएको हो।

निर्देशक दिवाकर भट्टराईले फिल्मको प्रदर्शन मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। भट्टराईले फिल्मको छायाङ्कनमा नजाँदै दशैंको छेको पारेर मिति सार्वजनिक गरेका हुन्। 

यस फिल्ममा अनमोलका साथै सलोन बस्नेतको पनि भूमिका रहनेछ। फिल्मका लागि मुख्य अभिनेत्रीलगायत अन्य कलाकारहरुको छनोट कार्य भइरहेको बताइएको छ।

प्रेम कथामा आधारित कथा भट्टराई स्वयंले लेखेका हुन्। रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको छायांकन अर्को महिनादेखि सुरु हुनेछ।एबी इन्टरनेशनल ब्यानरमा बन्न लागेको फिल्मका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell