PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

वाग्मती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पहिलो मात्रा



पहिलोपोस्ट

वाग्मती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पहिलो मात्रा

काठमाडौं : वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्।

प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले पनि कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हेटौंडाबाट सुरु भएको पहिलो मात्राको खोप अभियान अन्तर्गत प्रदेशभरमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ।

खोप अभियान तीव्ररुपमा संचालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान संचालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell