PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सकियो विन्टर ओलम्पिक : किन हुन्छ उद्घाटन र समापन समारोहको ठूलो महत्व?



पहिलोपोस्ट

सकियो विन्टर ओलम्पिक : किन हुन्छ उद्घाटन र समापन समारोहको ठूलो महत्व?
Photo : GETTY IMAGES

अरु खेल प्रतियोगिताको तुलनामा ओलम्पिकमा उद्घाटन र समापन समारोहलाई विशेष महत्व दिइन्छ। यसलाई विश्वभरबाट आएका खेलाडीहरूका लागि पर्वको रूपमा हेर्न सकिन्छ। संगीत, नृत्य र आतिशबाजी मार्फत  समारोले मानिसहरूलाई आयोजक देशको संस्कृति र रहनसहनबारे बुझाउछ। आइतवारमात्रै बेइजिङ शीतकालिन ओलम्पिक सम्पन्न भएको छ। उद्घाटन र समापन समारोहमा चीनले भव्यता प्रदर्शन गरेको छ।  आयोजक देशले आफ्नो संस्कृति, सामर्थ्य, प्रविधि देखाउने अवसर पाएको छ।

उद्घाटन समारोहको सुरुमा खेलाडीहरूले आफ्नो राष्ट्रको वा क्षेत्रीय झण्डा समातेर ‘डेब्यु’ गर्छन्। ग्रीसलाई ओलम्पिकको उत्पत्ति भएको देशको सम्मानका रुपमा ग्रीकका खेलाडीहरू सामान्यतया पहिला प्रवेश गर्छन्। आयोजक देशहरूका प्रतिनिधिहरू प्रवेश गर्ने अन्तिम हुन्छन्। आयोजक राष्ट्रको राष्ट्र प्रमुखले खेल सुरु भएको घोषणा गरेपछि ओलम्पिक गान बजाइन्छ। ओलम्पिक ज्वालाको आगमन र मुख्य टर्च प्रज्वलन उद्घाटन समारोहको समापन हो र शान्तिको परेवाको प्रतीकात्मक विमोचन पनि उद्घाटन समारोहको एक आवश्यक भाग हो। त्यसपछि सांस्कृतिक कार्यक्रम सुरु हुन्छ।

समापन समारोह आयोजक देशको झण्डा फहराएर र राष्ट्रिय गानबाट सुरु हुन्छ। त्यसपछि आयोजक देशले उद्घाटन समारोह जस्तै कलात्मक कार्यक्रम प्रस्तुत गर्दछ। यद्यपि, यो सामान्यतया छोटो हुन्छ। त्यसपछि एक प्रकारको विरासतको प्रतिनिधित्व गर्दै अर्को देशलाई ओलम्पिक आयोजनाको जिम्मेवारी दिइन्छ।

अकं तालिकामा को अघि ?

नर्वेले यसपटक विन्टर ओलम्पिकमा राम्रो प्रदर्शन गर्‍यो। चीनको बेइजिङमा सम्पन्न ओलम्पिकमा पाँच मिलियन जनसंख्या रहेको युरोपेली देश नर्वे सबै देशलाई पछि पार्दै अंक तालिकामा सबैभन्दा माथि रह्यो। सबैभन्दा धेरै स्वर्ण जितेको नर्वेले १६ स्वर्ण पदक जित्दै कुल ३७ पदक जित्यो।

'पदक तालिकामा सबैभन्दामाथि रहँदै नर्वेले बेइजिङ ओलम्पिकमा सुखद नतिजा ल्यायो। २०१८ को प्योङयाङ ओलम्पिकमा भन्दा दुईवटा कम मेडल जित्यो,' खेलकुद विश्लेषक सिमोन ग्लेभले भनेका छन्।

कोभिड१९ को महामारीबिच संक्रमण रोक्न 'क्लोज लुप' को अवधारणा बनाइएको थियो।

बेइजिङ ओलम्पिकमा पदक हात पार्ने शीर्ष पाँच टोली

देश स्वर्ण रजत काश्य कूल
नर्बे १६ १३ ३७
जर्मनी १२ १० २७
चीन १३ ३७
अमेरिका १० २५
स्वीडेन १८



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell