PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भोलिदेखि फेवातालमा पानीको सतह घटाइदै



पहिलोपोस्ट

भोलिदेखि फेवातालमा पानीको सतह घटाइदै
फाइल फोटो : गत वर्ष तालको पानी बगाइएपछिको दृश्य

पोखरा : भोलिदेखि पोखराको फेवातालमा पानीको सतह घटाईने भएको छ। जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यका अनुसार विरौटा चोकमा रहेको नहरको ‘कल्भर्ट’ फराकिलो बनाउन तालमा पानीको सतह घटाउन लागिएको हो।

सडक डिभिजन कार्यालय, पोखरा मार्फत पोखरा महानगरपालिका वडा नं. १७ अन्तर्गत सिद्धार्थ राजमार्गको विरौटामा रहेको नहरमा पर्ने ‘कल्भर्ट’लाई फराकिलो बनाउनुपर्ने निवेदन परेपछि डिभिजन कार्यालय कास्कीले अनुमती दिएको हो।

गतवर्ष फेवातालको बाँध मर्मत गर्नका लागि माघ तेस्रो हप्ता तालबाट करिब ६ करोड लिटर पानी बगाइएको थियो। डिभिजन कार्यालय कास्की प्रमुखका अनुसार यसवर्ष करिब ५ करोड लिटर बगाइदै छ। यसपटक २० सेन्टिमिटर बाँध मात्र खोल्ने भएकाले अघिल्लो वर्ष जसरी बढी सुख्खा नहुने कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell