काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत समूह 'बी'को आज जारी खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको हो।
क्यानडाका लागि डायलन हेलेयरले सर्वाधिक अविजित २४ रन बनाउँदा कप्तान नवनीत धलिवलले १८ रन, ओपनर रायन पठानले १४ रन र सलमन नजारले १० रन बनाए। त्यसबाहेका ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १२ रन दिएर सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी र अविनास बोहोराले समान २ विकेट लिए। त्यस्तै कुशल मल्लले १ विकेट लिए।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ।
समूह ए को आजै भएको खेलमा आयरल्याण्डले जर्मनीलाई ७ विकेट र यूएईलाई बहराइनले २ रनले हराएसँगै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ। समूह ए बाट विजेता बन्दै आयरल्याण्ड र उपविजेता बन्दै यूएई सेमिफाइनल प्रवेश गरेको छ।