PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैद, उल्टियो जिल्ला अदालतको फैसला



निशा गुरुङ

चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैद, उल्टियो जिल्ला अदालतको फैसला

हेटौंडा : उच्च अदालतले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको फैसला सुनाएको छ। सेनाको यातनाबाट मारिएको ठहर गर्दै जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटन हेटौडा इजलासले उल्ट्याएको हो। 

चितवन राष्ट्रिय निकुञ्जभित्र  गम्भीर घाइते भएका र उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा जन्मकैदको फैसला सुनाइएको हो।पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले यस्तो फैसला दिएको हो। यातनाका कारण घाइते भएका चेपाङको २०७८ साउन ८ मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।  

जिल्ला अदालतले गत असार २८ गते बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। पीडित पक्षको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो। ९ महिना सजाय हुने गरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए। दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको माग अनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell