टी २० विश्वकप छनोट अन्तर्गत समूह 'बी' को खेलमा सोमबार नेपालले क्यानडामाथि सहज जित निकालेको छ। जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले ८ विकेटले जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले १५ ओभरको समाप्तीमा सबै विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
शानदार जितसहित नेपाल सेमिफाइनल पुगेको छ। नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
तस्विरहरुः क्यान