
जनकपुरधामः मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनुषामा भ्युटावर बनाउन लागेको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिका २ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागिएको हो।
भ्युटावरको उचाई ९० फिट रहने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त भ्युटावर ३ वर्षभित्र बनाउने लक्ष्य राखेको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए।
भ्युटावर र पिकनिक स्पट समेत गरेर क्षेत्रफल करिब १४ कठ्ठा रहने बताइएको छ। भ्युटावर निर्माण गर्न करिब ७ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ।