PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

बारको चुनाव : आज मतदाता नामावली प्रकाशन, अन्तिम सूची २० गते



पहिलोपोस्ट

बारको चुनाव : आज मतदाता नामावली प्रकाशन, अन्तिम सूची २० गते

काठमाडौं : नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

चैत १९ मा हुने निर्वाचनका लागि बारले आज दिउँसो ४ बजे मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। मतदाता नामावलीमा दाबी विरोध समय फागुन १९ गते १ बजेसम्मका लागि दिइएको छ। त्यसपछि २० गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

उम्मेदवारको पहिलो नामावली फागुन २३ गते प्रकाशन र दाबीविरोध समय २४ गते दिउँसो २ बजेसम्मका लागि तोकिएको छ।

एक अध्यक्ष, ८ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि चैत १९ मा निर्वाचन हुँदै छ। चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको निर्वाचन हुन लागेको हो।

निर्वाचनका लागि देशभरका विभिन्न ३५ मतदान केन्द्रमा मतदान गर्न मिल्ने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell