PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते बस्ने, नामाकरण प्रस्ताव पेश होला ?



पहिलोपोस्ट

प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते बस्ने, नामाकरण प्रस्ताव पेश होला ?

काठमाडौं : प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु भएको छ। फागुन १५ गतेदेखि बैठक सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ।

सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि ‘बिजनेश’ नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो। अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ।

गएको मंसिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गर्नुभएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell