PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

पल शाहको स्पष्टीकरण : मेरो आवाजसँग मिलेको छ, तर मेरो हो भन्नेमा पूर्ण शंका छ



पहिलोपोस्ट

पल शाहको स्पष्टीकरण : मेरो आवाजसँग मिलेको छ, तर मेरो हो भन्नेमा पूर्ण शंका छ

काठमाडौं: पछिल्लो समय अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको 'सम्बन्ध' निकै चर्चामा छ। शनिवार मात्रै पल र समीक्षा एकसाथ मिडियामा देखिएका थिए। दुवैले आफूहरुबिच प्रेम सम्बन्ध नभएको र  मिल्ने साथी मात्रै भएको बताएका थिए।

तर, विवादबिच नै बाहिरिएका दुईवटा अडियोले फेरि उनीहरुको सम्बन्ध चर्चामा छ। सार्वजनिक अडियोमा समीक्षाले पलसँगको सम्बन्धको बारेमा खुलासा गरेको सुनिन्छ। समीक्षाले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन्। पलले सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको समीक्षाको आरोप छ। अर्को अडियोमा पनि पल र समीक्षाको संवाद सुन्न सकिन्छ। अडियोबाट समीक्षा पलसँग बिहे नै गर्न खोजिरहेको थाहा हुन्छ। तर पल भने आफूहरु जीवनभर मिल्ने साथी रहने तर बिहे भने नगर्ने बताइरहेका छन्।

तर, के सार्वजनिक अडियोमा सुनिएको आवाज पल र समीक्षाकै हो ? के त्यहाँ भएका संवादहरु सही हुन् ? अहिले सामाजिक संजालमा बहस भइरहेको छ यही विषयलाई लिएर।

अडियाबारे चर्चा चुलिएपछि अभिनेता पल शाहले आज फेसबुकमा एक स्टाट्स लेखेका छन्। मिडियामा आएको समाचारमा सत्यता नभएको र आफूलाई फसाउन खोजेको उनले बताएका छन्।

अडियोमा सुनिएको आवाज आफ्नो नभएको पलको दाबी छ। 'अनलाइन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु। प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवाज मेरो हो भन्नेमा पुर्ण शंका छ। प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ' उनले लेखेका छन्।

समीक्षालाई प्रतिस्पर्धी साथीहरुले उकासेको, अडियो लगायत अन्य प्रमाणहरु आफूसँग सुरक्षित रहेको र आधिकारिक निकायले मागेको खण्डमा पेश गर्ने समेत पलले बताएका छन्। समीक्षाले भने यस विषयमा अहिलेसम्म केही भनेकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell