PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

जेब्रा झोलामा भेटिएको टाउको र हात खुट्टा दीपक सिग्देलको, हत्याको अनुसन्धान जारी



रासस

जेब्रा झोलामा भेटिएको टाउको र हात खुट्टा दीपक सिग्देलको, हत्याको अनुसन्धान जारी
प्रतीकात्मक फाइल फोटो।

धरान : कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ।

दुई वटा जेब्रा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम–५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ। प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए। प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ। चाँडै घट्नामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिए। गएको बुधवार र बिहीवार धरान ४ को आपगाँछी क्षेत्रको जङ्गलमा दुई वटा झोलामा हात खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो।

शव पहिचानका लागि प्रहरीले स्केच बनाएर सार्वजनिक गरेको थियो। उक्त घटनामा सङ्घीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell