PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

जसपाको प्रस्ताव : प्रदेश नं १ को नाम ‘किरात-लिम्बुवान-मधेश-शेपालुङ प्रदेश’ राखौं



पहिलोपोस्ट

 जसपाको प्रस्ताव : प्रदेश नं १ को नाम ‘किरात-लिम्बुवान-मधेश-शेपालुङ प्रदेश’ राखौं

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेश–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

पछिल्लो समय प्रदेश नं १ को नामांकनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात-लिम्बुवान-मधेश-शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो।

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३ र २४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश नं १ को नामकरण पहिचानका आधारमा नै हुनुपर्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको बताएका छन्।

आज नै प्रदेश नं १ सरकारले प्रदेशको नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। मुख्यमन्त्रीको कार्यालय विराटनगरमा डाकिएको सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, संसदीय दलका नेताहरु सहभागी हँदैछन्।

यही फागुन १५ गते प्रदेशसभा बैठक बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell