PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'हनी बनी' मा अनमोल र साराको जोडी पक्का



पहिलोपोस्ट

'हनी बनी' मा अनमोल र साराको जोडी पक्का

काठमाडौं: दिवाकर भट्टराईको निर्देशन रहने फिल्म 'हनी बनी' मा अभिनेत्री सारा सिर्पाली अनुबन्धित भएकी छिन्। उनी फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा भित्रिएकी हुन्।

फिल्मको कथा अनुसार 'फिट' हुने पात्र भएकाले सारालाई नै रोजेको र हिजो नै सारासँग लिखित सम्झौता भएको निर्देशक भट्टराईले जानकारी दिए।

यसअघि पनि फिल्मको मुख्य भूमिकामा लागि अभिनेता अनमोल केसी र सलोन बस्नेत देखिने पक्का भइसकेको छ। यस फिल्ममार्फत साराले पहिलोपटक अनमोलसँग पर्दा सेयर गर्नेछिन्। फिल्ममा सारा र अनमोललाई जोडीको रुपमा देख्न सकिनेछ।

प्रेम कथामा आधारित कथा भट्टराई स्वयंले लेखेका हुन्। रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको छायांकन अर्को महिनादेखि सुरु हुनेछ।

एबी इन्टरनेशनल ब्यानरमा बन्न लागेको फिल्मका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना हुन्। साथै यो फिल्म आगामी वर्षको असोज १४ गते रिलिज गर्ने निर्माण टिमको लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell