PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

रसियाको कदमसँगै विश्वमा पेट्रोलियम पदार्थ महँगिँदै, इन्धन आपूर्ति असन्तुलित हुने



पहिलोपोस्ट

रसियाको कदमसँगै विश्वमा पेट्रोलियम पदार्थ महँगिँदै, इन्धन आपूर्ति असन्तुलित हुने

युक्रेन - रसिया संकटका कारण विश्वभर इन्धन आपूर्ति असन्तुलित हुने देखिएको छ जसले मूल्य वृद्धि गराउने त्रास फैलिएको छ।

मंगलवार सात वर्षयताकै सबैभन्दा उच्चदरमा कच्चा तेलको कारोबार भएको छ। प्रति ब्यारेल ९७.७६ डलरमा इन्धनको कारोबार भएको हो।

रसियाले युक्रेनबाट दुई देश विभाजन गराउन निर्णय गरेसँगै इन्धनमा असहज अवस्था सिर्जना भएको हो। एसियाली सेयर बजारमा चर्को गिरावट पनि यसैका कारण आएको छ। अमेरिकी तथा युरोपेली सेयर बजार पनि प्रभावित भएको छ।

रसियाको कदमका विरुद्ध बेलायत, अमेरिका तथा पश्चिमा मुलुकहरु एक स्वरमा विरोधमा उत्रिएका छन्। यी मुलुकमा इन्धन निर्यात गर्ने देशमा साउदी अरेबियापछि रसिया दोस्रो ठूलो मुलुक हो। रसिया प्राकृतिक ग्याँस उत्पादन गर्ने ठूलोमध्येको मुलुक हो।

युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्रताको हैसियत दिने रसियाको घोषणासँगै स्वघोषित शान्ति स्थापनाका लागि सैनिक परिचालन गरेको जनाएको छ।

रसियाको 'शान्ति सेना'लाई अमेरिकाले सोझै नकारेको मात्र छैन, युद्धका लागि संदेश पठाएको समेत जनाएको छ।

रसियाको यस कदमले तेल र ग्यास सप्लाइमा विश्वव्यापी असर पर्ने अर्थविदहरुको दावी छ। केही दिनमा नै कच्चा इन्धनको मूल्य प्रति ब्यारेल १ सय डलरभन्दा माथि जाने बताइएको छ। हरेक दश ब्यारेलमा रसियाको हिस्सा एक ब्यारेल रहेको जनाउँदै यसको व्यापक असर पर्ने बताइएको छ। इन्धन क्षेत्रमा रसिया ठूलो खेलाडी भएकाले पनि तनावको असर सबैतिर पर्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell