PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बलम्बुको खुसिखोलामा भेटियो बालकको शव



पहिलोपोस्ट

बलम्बुको खुसिखोलामा भेटियो बालकको शव
FILE PHOTO

काठमाडौं : चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ। चन्द्रागिरि–१२ खुसिखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका-७ घर भई हाल चन्द्रागिरि-१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए।

प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र फसेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए।

शवमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell