PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बराबरीमा रोकिए एपीएफ र पुलिस



पहिलोपोस्ट

बराबरीमा रोकिए एपीएफ र पुलिस
गोलपछी सेलिब्रेसन गर्दै नेपाल पुलिस क्लबका खेलाडी। फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीमा एपीएफ र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको पहिलो मिनेटमै सुमन लामाको गोलमा अग्रता बनाएको पुलिसले अग्रता जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न पुग्यो। एपीएफका गोलकिपर युया कुरियामा अघि बढेको र डिफेन्डरले बल पकडमा राख्न नसकेको अवस्थामा गोलकिपर र डिफेन्डरबीचको असमझदारीको फाइदा उठाउँदै लामाले गोल गरेका थिए।

खेलको ४० औं मिनेटमा एपीएफका प्रदिप लामाले पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गर्दै गोल गरेका थिए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा रोकियो।

योसँगै १२ अंक जोडेको नेपाल पुलिस ११ औं स्थानमा यथावत छ भने एपीएफ १५ अंक जोड्दै ८ औं स्थानमा यथावत छ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब पौने ५ बजे आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell