PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ठूला बजेटमा निर्माण भएका बलिउडका ६ फिल्म, जो २०२२ मा रिलिज हुँदैछन्



पहिलोपोस्ट

ठूला बजेटमा निर्माण भएका बलिउडका ६ फिल्म, जो २०२२ मा रिलिज हुँदैछन्

कोरोनाको तेस्रो लहरपछि बिस्तारै फिल्म क्षेत्रमा चहलपहल बढ्न थालेको छ। बलिउडका बहुप्रतिक्षित फिल्महरुले पनि सन् २०२२ मा रिलिज डेट तोकिसकेका छन्।

सामान्य अवस्था भएको खण्डमा बलिउड उद्योगका लागि सन् २०२२ निकै रोचक हुने देखिन्छ। किनकी सन् २०२२ मा बलिउडमा ठूला बजेटका फिल्महरु रिलिज हुँदैछन्। जुन फिल्मको बजेट ३०० करोडभन्दा बढी छ।

११ अगस्ट २०२२ मा रिलिज हुने फिल्म 'आदीपुरुष' ठूलो बजेटमा निर्माण भएको फिल्म हो। रामायणमा आधारित प्रभास अभिनित 'आदीपुरुष' ५०० करोड लगानीमा निर्माण भएको हो।

टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो। साथै, यस फिल्मलाई बलिउडकै धेरै भीएफएक्स भएको फिल्मको रुपमा दाबी गरिएको छ। ओम राउत निर्देशित फिल्ममा प्रभास, सैफ अली खान र कृति सेनन मुख्य भुमिकामा छन्।

त्यसैगरी, मणि रत्नमको निर्देशन रहेको फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’को बजेट पनि ५०० करोड रहेको छ। यस फिल्ममा विक्रम, एश्वर्या राय बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोविता धुलिपललगायतको अभिनय छ। फिल्म १९५५ को कल्की कृष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवान’ आधारित छ। यो फिल्मले पनि रिलिजको लागि सन् २०२२ नै रोजेको छ।

दक्षिण भारतीय फिल्म 'आरआरआर' आउँदो २५ मार्चमा रिलिज हुँदैछ। एसएस राजामौली निर्देशित यो फिल्म कुल ४०० करोडमा बजेटमा निर्माण भएको हो। फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ।

प्रभासकै 'राधेश्याम' पनि ठूलो बजेटमा निर्माण भएको फिल्ममध्ये पर्छ। यस फिल्मको बजेट ३५० करोड रहेको छ। राधाकृष्ण कुमार निर्देशित यो फिल्म प्रभासका साथै पूजा हेगडेको मुख्य भूमिका रहनेछ। यो फिल्म सन् १९७० को युरोपको कथामा आधारित छ।

त्यसैगरी, अक्षय कुमार अभिनित फिल्म 'पृथ्वीराज' पनि धेरै लगानीमा निर्माण भएको फिल्म हो। राजपूत सम्राट पृथ्वीराज चौहानको कथामा आधारित यो फिल्म ३०० करोड बजेटमा बनेको हो। फिल्ममा अक्षय कुमार पृथ्वीराजको भूमिकामा देखिएका छन्।

अक्षयका साथै फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लर, सोनु सुद, सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवंर लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ। डाक्टर चन्द्रप्रकाश द्विवेदीको निर्देशन रहेको फिल्म १० जुन २०२२ मा रिलिज हुने तय भएको छ।

११ सेप्टेम्बर २०२२ मा रिलिज हुने फिल्म 'ब्रह्मास्त्र' पनि ३०० करोड बजेटमा बनेको हो। फिल्म ‘ब्रहस्त्र’मा आलिया भट्ट, रनवीर कपुर, अमिताभ बच्चनलगायतको अभिनय देख्न सकिन्छ। अयान मुखर्जी निर्देशित फिल्म प्राचिन ज्ञान, उर्जा र शक्तिमा आधारित रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell