PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

वसीमको अर्धशतकमा नेपाललाई यूएईको १७६ रनको लक्ष्य



पहिलोपोस्ट

वसीमको अर्धशतकमा नेपाललाई यूएईको १७६ रनको लक्ष्य
फाइल फोटो

काठमाडौं: टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा यूएईले नेपाललाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमनस्थित अल अमरेत मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो।

पहिलो विकेटका रुपमा चिराग सुरीलाई ४ रनमै गुमाएको यूएईलाई आक्रामक सुरुवात गराएका वृत्य अरविन्द २३ बलमा ५ चौका र ३ छक्काको सहायतामा ४६ रन बनाउँदा सन्दीप लामिछानेबाट बल्ड आउट भए। त्यस्तै मोहम्मद वसीमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७० रन बनाउँदा मोहम्मद उस्मानले १७ रन र जवार फरिदले ११ रन बनाए।

बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले महत्वपूर्ण एक विकेट लिँदै टिमलाई ब्रेक थ्रू दिएका थिए।

नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ

आज नेपालले यूएईलाई हराए नेपालले अस्ट्रेलियामा हुने टी २० क्रिकेट विश्वकपमा स्थान पक्का गर्नेछ। आजको खेलमा जित निकाल्न सके सन् २०१४ मा विश्वकप खेलेको नेपालले २०२२ मा दोस्रो पटक विश्वकप खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell