PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

स्थानीय चुनाव रोक्न माग गरिएको रिटमा अन्तरिम जारी भएन, चुनाव प्रभावित नहुने



पहिलोपोस्ट

स्थानीय चुनाव रोक्न माग गरिएको रिटमा अन्तरिम जारी भएन, चुनाव प्रभावित नहुने

काठमाडौँः कार्यकाल पूरा नहुँदै स्थानीय चुनावको मिति घोषणा गरिएको भन्दै रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम अस्वीकार गरेको हो। 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गर्दै जवाफ माग गर्ने आदेश भने गरेको छ। 

अन्तरिम आदेश जारी नगरेसँगै सरकारले एकै चरणमा निर्वाचन गर्नेगरि गरेको निर्णय कार्यान्वयन हुने भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell